वराहक्षेत्रः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वराहक्षेत्र एकाइको आयोजनामा भएको फुटबल प्रतियोगिताबाट सप्तकोशी र जय सप्तकोशी अघिल्लो चरणमा पुगेका छन् ।
बिहीबार भएको खेलमा आधारभूत विद्यालयतर्फ सप्तकोशी विद्या मन्दिरले सुनसरी स्टार इङ्लिस स्कुललाई २–० गोलअन्तरले हराउँदै विजयी भएको हो । खेलमा दुवै गोल सौरभ साहले गरेका थिए ।
माध्यमिक विद्यालय तर्फको खेलमा भने जय सप्तकोशी इङ्लिस स्कुल प्रकाशपुरले १–० गोलले माउन्ट भ्यु इङ्लिस स्कुललाई हराएको थियो । जय सप्तकोशीका तर्फबाट मनिष राईले गोल गरेका थिए ।
आधारभूत तहको खेलमा म्यान अफ द म्याच सप्तकोशी विद्या मन्दिरका खेलाडी सौरभ साह घोषित भए भने माध्यमिकतर्फको खेलमा जय सप्तकोशीका खेलाडी सन्देश दाहाल घोषित भए ।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार र दोस्रो हुनेलाई १० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिने छ ।