इटहरीः पूर्वी पृतना मुख्यालय इटहरीको आयोजनामा सेना र नागरिकबीच सम्बन्ध सुधार गर्ने उद्देश्यले प्रथम पृतनापति फन एण्ड सोलिडारिटी पिपुल विथ द मिलिटरी कार्यक्रम भइरहेको छ ।

आज बिहान साढे ६ बजे शुरु भएको कार्यक्रम ११ बजे समापन हुने पृतना कार्यालयले जनाएको छ । पूर्वी पृतनाका पृतनापति उपरथी समीर शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खेलकुद प्रतियोगिता भइरहेका छन् । महिला तथा पुरुषको छुट्टाछुुट्टै १० किमी खुला दौड तथा हाफ म्याराथन प्रतियोगिता भइरहेको छ । त्यस्तै खुला साइक्लिङको पनि आयोजना गरिएको छ । त्यस्तै विद्यालयका विद्यार्थीका लागि खुला ५ किलोमिटर दौड प्रतियोगिता जारी छ ।

त्यस्तै, ५ किलोमिटर वाकाथन पनि हुने बताइएको छ । सो वाकाथनमा नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, निजामती कर्मचारी, बुद्धिजीवी, सञ्चारकर्मी, उद्योगी र इच्छुक सर्वसाधारण सहभागी हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा आइकिदो कला प्रदर्शन, ब्याण्ड बाजाको प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, उद्योगी, व्यापारी, बुद्धिजीवी, सञ्चारकर्मी तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । कार्यक्रममा भोलि समापन हुने बताइएको छ ।

army pgm (5) army pgm (4) army pgm (3) army pgm (2) army pgm (6) army pgm (7)