इटहरीः सेना र नागरिकबीचको सम्बध सुमधुर बनाउन गरिएको कार्यक्रममा आम जनता र नेपाली सेना सँगै दौडिएका छन् । पूर्वी पृतना मुख्यालय इटहरीमा नेपाली सेनाले आयोजना गरेको कार्यक्रममा साइक्लिङ, म्याराथंन वाकाथनजस्ता प्रतिस्पर्धा भएका थिए ।
‘प्रथम पृतनापति फन एण्ड सोलिडारिटी पिपुल विथ द मिलिटरी’ नाम दिएको कार्यक्रममा महिला तथा पुरुषको लागि खुला १० किलोमिटर दौड, हाफ म्याराथन, खुला साइक्लिङ तथा विद्यालयका विद्यार्थीका लागि खुला ५ किलोमिटर दौड प्रतियोगिता भएको थियो । विजयी खेलाडीलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतिष्पर्धामा विजयी हुने खेलाडीको नाम
१० किलोमिटर खुला दौड (महिला)
पहिलोः निकी लिम्बू, धरान
दोस्रोः चन्द्रकला भुजेल, दमक
तेस्रोः यशोदा चौधरी, इटहरी
१० किलोमिटर खुला दौड (पुरुष)
पहिलोः बिनोस लिम्बू
दोस्रोः हर्कबहादुर लुहाबुङ
तेस्रोः बालान्दा लिम्बू
५ किलोमिटर दौड (विद्यालयका विद्यार्थी)
छात्रातर्फ
पहिलोः भीमा लिम्बू, जनता मावि
दोस्रोः सबिता श्रेष्ठ,
तेस्रोः शर्मिला उराँव, मोडेल पब्लिक स्कुल
५ किलोमिटर दौड (विद्यालयका विद्यार्थी)
छात्रतर्फ
पहिलोः किरण लिम्बू, चिल्ड्रेन एकेडेमी
दोस्रोः नवीन गुरुङ, हिमाली स्कुल
तेस्रोः भूषण ठाकुर, हिमालय सेकेण्डरी स्कुल
साइलिलिङतर्फ
पहिलोः ओकेशराज बज्राचार्य, ललितपुर
दोस्रोः अभिषेक राई, सुनसरी
तेस्रोः दीपक जिमी, सुनसरी