वराहक्षेत्रः वराहक्षेत्र प्याब्सन खेलकुद प्रतियोगिताअन्तर्गत शनिबार भएको फुटबल खेलमा मुन बिम र स्काइ इङ्लिस स्कुल विजयी भएका छन् । शनिबार मावि तहका विद्यालयबीच मात्रै प्रतियोगिता भएको थियो ।

शनिबार भएको पहिलो खेलमा मुन बिम एकेडेमीले प्रकाशपुर डोभर इङ्लिस स्कुललाई शून्यका विरुद्ध १ गोल गरेको थियो । खेलमा प्रकाशपुर डोभर इङ्लिस स्कुलका दिवस खड्काले आत्मघाती गोल गरेका थिए । खेलको म्यान अफ द म्याच प्रकाशपुर डोभर इङ्लिस स्कुलका अरुण कोइराला घोषित भए ।

दोस्रो खेलमा स्काइ इङ्लिस स्कुल टाइब्रेकरमा विजयी भएको छ । स्काइ इङ्लिस स्कुल र सनसाइन इङ्लिस स्कुलबीच भएको खेलमा स्काइ इङ्लिस स्कुलले ३ का विरुद्ध ६ गोल गरेको थियो । खेलको म्यान अफ द म्याच विजयी टिमका गोलरक्षक उज्ज्वल राई घोषित भएका थिए ।

आइतबार पहिलो खेल सिद्धार्थ मेमोरियल इङ्लिस स्कुल र जय सप्तकोशी इङ्लिस स्कुलबीच हुनेछ । दोस्रो खेल वराह राइजिङ स्टार इङ्लिस स्कुल र राजाबास इङ्लिस स्कुलबीच हुने आयोजकले जनाएको छ ।