ऐतिहासिक पलः पहिलोपटक सूर्यको वायुमण्डलमा पुग्यो अन्तरिक्ष यान

  • मंसिर २९, २०७८
  • २९४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

मानव निर्मित अन्तरिक्ष यान पहिलोपटक सूर्यको बाहिरी वायुमण्डलबाट उडान भर्न सफल भएको छ ।

अमेरिकी स्पेस एजेन्सी (नासा) ले यसलाई ऐतिहासिक पल भनेको छ । पार्कर सोलार प्रोबले सूर्यको ‘कोरोना’ मा पुगेर यो उपलब्धि हासिल गरेको हो । यो उपलब्धि गत अप्रिल महिनामा नै हासिल गरे पनि तथ्याङ्कहरूको समीक्षापछि अहिले पुष्टि भएको हो । पार्करले सूर्य कसरी काम गर्छ भन्ने विषयमा नयाँ तथ्याङ्क हासिल गर्न सफल भएको नासाले बताएको छ ।

‘जसरी चन्द्रमामा पुगेर वैज्ञानिकहरूलाई यो कसरी बन्यो भन्ने कुरा बुझ्न मद्दत मिल्यो, सूर्यसम्म पुग्नु पनि मानव जातिका लागि ठुलो छलाङ हो जसले हामीलाई हाम्रो सबैभन्दा नजिकको ताराको विषयमा संवेदनशील सूचना उजागर गर्न मद्दत गर्नेछ,’ नासाको हेलियोफिजिक्स विज्ञान विभागकी निर्देशक निकोला फक्सले भनिन् । यो अभियान तीन वर्षअघि सुरु गरिएको थियो । गत अप्रिल २८ का दिन यो अन्तरिक्ष यान सूर्यको नजिक पुगेको थियो ।  -बीबीसीबाट

प्रतिक्रिया दिनुहोस

महिला सञ्जालका गतिविधि गाउँगाउँमा पुर्याउन इटहरीकी उपमेयर संगीता चौधरीको आग्रह

इटहरीः इटहरी उपमहानगरपालिकाकी नव निर्वाचित उपमेयर संगीता कुमारी चौधरीले महिला संजालका गतिविधी गाउँगा ...

खेलाडीको विवरण संकलन गर्दै प्रदेश खेलकुद विकास बोर्ड

इटहरीः प्रदेश नम्बर एक सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश खेलकुद विकास बोर्डले प् ...

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved