इटहरीः नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले इटहरीस्थित क्षेत्रीय रङ्गशाला परिसरमा निर्माण भइरहेको इनडोर क्रिकेट टे«निङ हलको निरीक्षण गरेका छन् ।

मङ्गलबार बिहान हलको निरीक्षण गर्दै उनले पूर्वको खस्कँदो क्रिकेटको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । खड्काले राष्ट्रिय टिममा दबदबा कायम राख्न सफल पूर्वको क्रिकेट अहिले खस्कनु दुःखद भएको बताए । आफूले क्रिकेट खेल्न शुरु गर्दा पूर्वको क्रिकेट अन्य क्षेत्रको तुलनामा निकै स्तरीय रहेको उनले बताए । तर, पछिल्लो समय राष्ट्रिय टिममा पूर्वका खेलाडीले स्थान बनाउन नसक्नु लाजमर्दो भएको उनको भनाइ थियो ।

खड्कासँगै टोलीमा रहेको पोखरा प्रिमियर लिगका प्रमुख आयोजक छुम्मी लामा, विराटनगर किंग्सका टिम मालिक पारस लुनिया, क्रिकेटका राष्ट्रिय प्रशिक्षक प्रदीपराज पाण्डे पनि सहभागी थिए । सुनसरी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सीपी पौडेल, इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश बिष्ट लगायतको टोलीले इटहरीस्थित डिभिएम स्कुलमा रहेको क्रिकेट ग्राउण्डको पनि निरीक्षण गरेको थियो ।

parassanga foto khichaudai