धनकुटाः धनकुटामा जारी मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनलमा भोजपुर, ओखलढुङ्गा, सुनसरी र झापा जिल्ला पुगेका छन् ।
प्रतियोगिता अन्तर्गत मङ्गलबार भएको क्वाटरफाइनलको खेलमा भोजपुरले सङ्खुवासभालाई २५—२३, २३—२५, २५—१८ र २५—१८ ले पराजित ग¥यो । त्यस्तै सुनसरीले खोटाङलाई २५—१६, २५—२१ र २५—२० ले पराजित गरेको थियो । ओखलढुङ्गाले तेह्रथुमलाई २५—१५, २६—२४ र २५—१३ ले पराजित गरेको थियो । झापाले ताप्लेजुङलाई २२—२५, २५—१५, २५—१७ र २५—१६ ले पछि पारेको हो ।
बुधबार पहिलो सेमीफाइनल खेल भोजपुर र झापा तथा दोस्रो सेमीफाइनल खेल सुनसरी र ओखलढुङ्गा बीच हुने प्रतियोगिताका मुख्य रेफ्री विनय राईले जनाए । मदन भण्डारी स्पोर्ट एकेडेमीको आयोजनामा सञ्चालन भएको सो प्रतियोगिताको फाइनल मंसिर १३ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५१ हजार १ सय सय ११ रुपैयाँ नगद प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुनेले १ लाख, १ हजार, १ सय ११ रुपैयाँ तथा तेस्रो हुनेले ५१ हजार १ सय ११ रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा प्रदेश नम्बर १ का १४ वटा टिमको सहभागिता रहेको छ ।