इनरुवाः शान्तिदीप नेपाल र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा इनरुवा रङ्गशालामा इनरुवामा ५० ओभरको एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
पुस २१ गतेदेखि माघ ७ गतेसम्म प्रतियोगिता हुने बताइएको छ । प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ३ विभागीय, ७ प्रदेश, १ स्थानीय र १ पाहुना टिमको सहभागिता रहने आयोजकको भनाइ छ ।
४ टिमालाई पुरस्कृत गरिने
आयोजकका अनुसार प्रतियोगिताको उपाधि विजेताले ४ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ जित्नेछन् । त्यस्तै, सेमीफाइनलमा पुग्ने टोलीले २५–२५ हजार रुपैयाँ पाउने बताइको छ ।
उत्कृष्ट खेलाडीले ५१ हजार र विधागत रूपमा उत्कृट हुने बलर र ब्याट्सम्यानले २० हजार १ सय रुपैयाँ पाउने आयोजकले जनाएको छ । त्यस्तै, फेयर प्ले टिमले १५ हजार हात पार्ने आयोजकको भनाइ छ ।