धनकुटाः धनकुटामा जारी प्रदेशस्तरीय मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा झापा जिल्ला प्रवेश गरेको छ ।

बुधबार भएको सेमीफाइनल खेलमा झापाले भोजपुरलाई २५–२२, २५–१४ र २५–२१ को सोझो सेटमा पराजित गर्दै उपाधी भीडन्तको यात्रा तयार गरेको हो । यसैगरी, दोस्रो सेमीफाइनल खेल ओखलढुङ्गा र सुनसरीबीचको खेल भने बिहीबार बिहानलाई सारिएको छ । मदन भण्डारी स्पोर्ट एकेडेमीको आयोजनामा सञ्चालन भएको सो प्रतियोगिता फाइनल खेल पनि बिहीबार नै हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रदेश नम्बर १ का १४ जिल्लाका १४ टिम सहभागी भएको सो प्रतियोगितामा पहिलो हुने टिमले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ नगद प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुनेले १ लाख, १ हजार, १ सय ११ रुपैयाँ तथा तेस्रो हुनेले ५१ हजार १ सय ११ रुपैयाँ नगद प्राप्त गर्नेछन् ।