धनकुटाः धनकुटामा भएको प्रदेशस्तरीय मदन भण्डारी स्मृति कप पुरुष भलिबलको फाइनल खेलमा झापाले ओखलढुङ्गालाई २३–२५, २५–१४, २५–२० र २५–२३ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

उपाधिसँगै झापाले १ लाख ५१ हजार रुपैयाँ हात पारेको छ । यसैगरी, दोस्रो भएको ओखलढुङ्गाले १ लाख १ हजार रुपैयामाँ चित्त बुझाएको छ । त्यस्तै, तेस्रो प्रतियोगितामा सुनसरीले भोजपुरलाई २५–२७, २९–२७, २२–२५, २५–१९, १५–१३ को सेटमा पराजित गरी तेस्रो भएको छ ।

सुनसरीले ५१ हजार र चौथो स्थान पाएको भोजपुरले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमी १ नम्बर प्रदेशको आयोजनामा सञ्चालित प्रतियोगितामा एक नम्बर प्रदेशका १४ वटै जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताका सहभागीलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमको समापन समारोहमा बोल्दै मुख्यमन्त्री राईले मदन भण्डारीको मार्गदर्शनमा देश अगाडि बढिरहेको बताएका छन् ।

त्यस्तै, प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको समेत उनले बताए । मुलुकको एक मात्र आवश्यकता आर्थिक विकास र समृद्धि भएकाले अब सबै देश विकासमा लाग्नुपर्ने उनले बताए ।

vollyball final (4) vollyball final (2)