इटहरीः सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले स्थायी पदपुर्तीको लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
बैंकले शुक्रबार एक सुचना जारी गर्दै ३ सय ३ जना कर्मचारी पदपूर्तीका लागि दरखास्त आह्वान गरेको हो ।

बैंकले सहायक प्रवन्धकमा ६२ जना कर्मचारी माग गरेको छ भने आइटीतर्फको सहायक प्रवन्धकमा ५ जना र चार्टड एकाउन्टेन्टतर्फको सहायक प्रवन्धकमा १५ जना कर्मचारीको माग गरेको छ । उता इलेक्ट्रिकल इन्जिनियरतर्फको सहायक प्रवन्धकमा १ कर्मचारी मागीएको छ ।

बैंकले आफ्ना देशभरीका विभिन्न प्रदेशका शाखा कार्यालयका लागि सहायक पदमा १९६ कर्मचारी माग गरेको छ । जसअन्तर्गत प्रदेश एक का लागि ४० जना, प्रदेश दुईका लागि २८, तीनका लागि ४२, चारका लागि २६, पाँचका लागि ३५, प्रदेश ६ का लागि १३ र सातका लागि १२ जना सहायक पदमा कर्मचारी माग गरिएको छ ।

जागिर खुलाइएका पदहरुमा महिला, आदिबासी तथा जनजाति, मधेसी, दलित, अपांग तथा पिछडिएका क्षेत्रका लागि आरक्षण छुट्याइएको छ भने खुल्ला आवेदन पनि राखिएको छ । नेपाल बैँकको यो अवसर पाउनका लागि योग्यता पुगेका उम्मेदवारले १० चैतसम्म अनलाइनबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।