विराटनगरः शनिबार विराटनगरमा भएको पाँचांै मिस्टर मोरङको उपाधि पथरीशनिश्चरेका सञ्जिव मगरले जितेका छन् ।

मोरङ शारीरिक सुगठन तथा फिटनेस सङ्घद्वारा आयोजित फाइनल प्रतियोगितामा विजेता बनेका मगरलाई नगद ५१ हजारसहित ट्रफी प्रदान गरिएको छ । प्रतियोगिताको फस्ट रनरअप अजय मरिक र सेकेण्ड रनरअप योगेन लिम्बू घोषित भए उनीहरूले क्रमशः नगद २५ हजार र ११ हजार रुपैयाँ नगदका साथमा ट्रफी पाए ।

प्रतियोगिताको मस्ट इम्प्रुभ बडी बिल्डिङमा नेपाल जिमका नवाब अन्सारी, बेस्ट पोजरमा जेसीबी जिमका हरेराम रजक, बेस्ट फिजिकलमा जेसीबी जिमका जुनार आलम र मस्ट मस्कुलर म्यानमा विराट जिमका अशोक खड्का घोषित भए ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर उपमहानगरपालिका प्रमुख भीम पराजुली तथा आयोजक संस्थाका अध्यक्ष प्रेम खड्काले संयुक्त रूपमा प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए ।