इटहरीः मंसिर २२ गतेदेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि विराटनगर वारियर्सले तीन जना विदेशी खेलाडी तथा प्रशिक्षकलाई क्लबमा अनुबन्धित गरेको छ ।

विराटनगर अघिल्लो संस्करणको विजेता हो । प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियमानुसार नेदरल्याण्डस्का दुई र हङकङका एक खेलाडी क्लबमा अनुबन्धित गरेको विरवाटनगर वारियर्सले जनाएको छ ।

नेदरल्याण्ड र हङकङका खेलाडी भित्र्याएको विराटनगरले प्रशिक्षकमा भारतका उमेस पटवाललाई नियुक्त गरेको छ । पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक हुन् ।

मंसिरमा हुने सो इपिएललाई यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता दिएको छ ।