तस्बिर सौजन्य: नेपाल रग्बी सङ्घ
सोलुखुम्बुः ‘ट्रफ्री टुर’मा रहेको रग्बी विश्वकपको ट्रफी हिजो सगरमाथाको आधार शिविर सोलुखुम्बुको कालापत्थर पुर्याइएको छ । सो ट्रफी बुधबार साँझ नेपाल ल्याइएको थियो ।
नेपाल रग्बी सङ्घको समन्वयमा विश्व सम्पदाको सूचीमा रहेका स्थान एवं संसारकै ध्यान केन्द्रित हुने सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा सो ट्रफी कालापत्थर पुर्याइएको बताइएको छ ।
सङ्घका अध्यक्ष टङ्कलाल घिसिङका अनुसार आज सो ट्रफीलाई विश्व सम्पदा सूचीमा रहेका स्थान स्वयम्भुनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वारमा प्रदर्शनी गरिने छ ।
भोलि शनिबार टुँडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलमा सो ट्रफी राखिने बताइएको छ । नेपालमा रग्बीको विश्वकप ट्रफी पहिलोपटक ल्याएको बताइएको छ ।