इटहरीः नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश कमिटीको विस्तारित बैठक बिहीबार सुनसरीको इटहरीमा सम्पन्न भएको छ । 

प्रदेश १ का विभिन्न जिल्लाबाट विस्तारित बैठकमा सहभागी हुन आएका खेलकुद महासंघका पदाधिकारी तथा सदस्यलाई सम्बोधन गर्दै संघीय अध्यक्ष केशवकुमार बिष्टले संगठनमा बसेर जिम्मेवारी वहन नगर्ने सदस्यहरुलाई बिदा लिन आग्रह गरेका छन् । नेपाल खेलकुद महासंघ समाजवादीको सिफारिसमा प्रदेश १ को खेलकुद विकास बोर्डको सदस्यसचिव तथा बोर्ड सदस्य र जिल्ला खेलकुद विकास  समितिमा मनोनित भएका सदस्यहरुलाई बधाइ दिँँदै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका बिष्टले समग्र खेलकुदको विकासमा लागेर हिजो अरुले गरेकोभन्दा राम्रो काम गर्नेछन् अपेक्षा आफूहरुले र संगठनले गरेको बताए । 

297034656_762216378156682_2577722087016541981_n

३ सय ३१ जनाको केन्द्रीय समिति रहेको खेलकुद महासंघमा ५१ जना केन्द्रीय सदस्य प्रदेश १ बाट रहेको भएता पनि विस्तारित बैठकमा थोरैको संख्यामा उपस्थित भएकोमा भने बिष्टले चिन्ता व्यक्त गरेका थिए । जिल्ला खेलकुद विकास समितिमा नियुक्ति पाएका सदस्यहरुलाई निर्देशन दिँदै बिष्टले केही परिवारमा दिएर बचेको सम्पूर्ण समय प्रदेशको खेलकुदको विकासमा लगाउन र उल्लेखनीय उपलब्ध् िहासिल गर्न निर्देशन दिएका थिए । ‘क्षमता विकास गर्नुहोस, असल नेता तथा नागरिक हुनुहोस् । अरु जे भएपनि आउँदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा धेरैभन्दा धेरै मेडल ल्याउनुस् ।’ बिष्टले अघि भने । 

296889050_794321778575313_4954440437261826054_n

कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री राजन राईले खेलसँग चुनाव पनि नजिकिँदै आइरहेकाले सभ्य नागरिकको रुपमा पार्टीका कामहरु अघि बढाउन मातहतका नेता तथा कार्यकर्तालाई अनुरोध गरेका थिए । छोटो समयमा प्रदेश १ को खेलकुद विकास बोर्डले राम्रो काम गरिरहेको भन्दै उनले प्रशंसासमेत गर्न भ्याए । नेकपा एकीकृत समाजवादीका प्रदेश १ अध्यक्ष बलदेव चौधरीले खेलकुदबाट राजनितिमा आउन सकिने बताउँदै आफू पनि एक समय ह्याण्डबल र भलिबल खेलाडी रहेको सुनाए । चौधरीले खेलको नियम राजनीति गर्ने मान्छेले सिक्नु जरुरी भएको समेत बताए । 

296891921_621646202747048_6951777300799297478_n

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका संघीय उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज घनेन्द्र बस्नेतले सबैको जीवन केही न केही रुपमा खेलमा जोडिने हुँदा खेल जीवनको महत्वपूर्ण हिस्सा भएको बताए । कार्यक्रममा नेपाल खेलकुद महासंघ समाजवादीका प्रदेश इन्चार्ज तथा प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले आफू पार्टीप्रति बफादार रहँदै पार्टीकै निर्देशन र सिफारिसको आधारमा काम गर्दै आएको बताए । उनले छोटो समयमा आफूहरुले बोर्डमार्फत् महत्वपूर्ण काम गरेको बताउँदै त्यसको फाइदा पार्टीलाई नै हुने बताएका थिए ।

नेपाल खेलकुद महासंघ समाजवादीका प्रदेश १ अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको भेलालाई महासंघका सुनसरी जिल्ला कमिटीका सदस्य तथा पार्टीका इटहरी उपमहानगर कमिटीका अध्यक्ष गणेश बुढाथोकीले सञ्चालन गरेका थिए ।