बुटवलः नेकपा एकिकृत समाजवादीका सम्मानित नेता एंव पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूू अन्तिम पटकका लागि प्रतिनिधिसभामा उम्मेद्वार हुने बताएका छन् । 

इलामको क्षेत्र न. १ मा गठबन्धनबाट चुनाव लड्ने उनले बताए । आइतबार बिहान भैरहवास्थित गौतमबुुद्ध अन्र्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुुराकानी गर्दै खनालले गठबन्धनबाट आगामी मंसिरमा हुने चुनावमा एक पटक चुनाव लड्ने बताएका हुन् । राष्ट्रपति हुने सहमतिमा चुनाव नलड्ने चर्चा छ नि ? भन्ने पत्रकारको जिज्ञासामा खनाले भने –‘जनतासँगको माया पिरती टुटेको छैन, ०४८ सालदेखि चुनाव लड्दै आएको छुु, अब एक पटक लडछुु ।’

 उनले आफूूले इलाम निर्वाचन १ बाट जित्ने विश्वाससमेत व्यक्त गरे । अहिले पाँच दलीय गठबन्धनबाटै निर्वाचनमा होमिने खनालले बताए । ‘गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ’ उनले भने –‘एकतामै बल हुन्छ, एक्लो डेढुुको असफलता अनिवार्य छ ।’ उनले गठबन्धन चुनावसम्म हुुन्छ कि पछिसम्म जान्छ भन्ने कुरा भन्न नसकिने बताए । तर, अहिले चुनावसम्म गठबन्धन दृढतापूर्वक अगाडि बढ्ने उनले बताए । 

उनले दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डन सृजना भएको बताउँदै तत्तकाल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए । नेता खनालले अहिले आफूूहरु नेकपा माओवादी केन्द्रसँग निकटतामा रहेको बताए । ‘मुलुकका लागि बृहत वामपन्थी एकताको आवश्यकता थियो, त्यो भएन तर समाजवादी रुपान्तरणको सिलसिलामा एकताबद्ध हुनैपर्छ ।’ उनले भने । पूर्वप्रधानमन्त्री खनालले वामदेव गौतमले माओवादीको चुनाव चिन्ह हँसिया हथौडा लिएर निर्वाचन लड्ने कुरा सामान्य भएको बताए । ‘वामदेवजी हामीसँगै हुनुहुन्छ, चुनाव चिन्ह कुनै सिद्धान्त होइन’ उनले भने –‘हामीसँगै छौँ ।’