खोटाङ्गः जिल्ला खेलकुद विकास समिति खोटाङ्गले एथलेटिक्सबाट नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको लागि जिल्ला छनौट सुरु गरेको छ ।

आइतबार जिल्लाले एथलेटिक्सको छनौट सम्पन्न गरेको जिल्ला खेलकुद विकास समिति खोटाङ्गका अध्यक्ष सुमन राईले बताए ।  

जिल्ला खेलकुद विकास समिति खोटाङ्गले आज आइतबारबाट १० गतेसम्म जिल्ला छनौट गर्ने तालिका सार्वजनिक गरेको छ । नवौँ राष्ट्रि«य खेलकुद प्रतियोगिताको लागि ११ वटा खेलमा सहभागिता जनाउन लागेको खोटाङ्गले अघिल्लो राष्ट्रिय खेलमा १० वटा खेलमा मात्र सहभागिता जनाएको थियो । 

299932385_3298275257057665_7401235716504752582_n (1)

जिल्ला छनौटका सम्पूर्ण कार्यक्रम जिल्ला सदरमुकाम दिक्तेल र केपिलासगढी गाउँपालिकामा आयोजना गरिने अध्यक्ष राईले जानकारी दिएका छन् ।  

आइतबार १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर एक हजार पाँच सय मिटर र ५ हजार मिटरको दौड प्रतियोगिता गरेको साथै सर्ट फुट र ज्याविग थ्रो सन्चालन गरेको जसमा ४५ पुरुष र ३५ महिला सहभागी भएको जिल्ला खेलकुद विकास समिति खोटाङ्गका अध्यक्ष राईले जानकारी दिए । एथलेटिक्स अन्तर्गतको लामो दौड सोमबार सञ्चालन हुने राईले बताएका छन् ।