तेह्रथुमः आसन्न नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको छनौटका लागि तेह्रथुम जिल्लाले विभिन्न ७ वटा खेलको छनौट प्रतियोगिता सम्पन्न गरेको छ । 

राष्ट्र्रिय खेलकुद परिषद्को आयोजनामा गण्डकी प्रदेशमा आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुने नवाँै राष्ट्रि«य खेलकुद प्रतियोगिताको जिल्ला छनौटमा तेह्रथुम जिल्लाले १ सय ९० जना खेलाडी छनौट गरी प्रदेशमा पठाउने भएको छ । 

जसअन्तर्गत बुद्धिचाल, महिला भलिबल, महिला फुटबल, बक्सिङ्ग, कराँते, उसु र तेक्वान्दोको छनौट सम्पन्न भएको जिल्ला खेलकुद विकास समिति तेह्रथुमका अध्यक्ष राजेन्द्र बरालले बताए । 

जिल्ला छनौटको काम धमाधम भइरहेको र प्रदेश खेलकुद विकास बोर्डले दिएको समयसीमा अर्थात् भदौ १० गतेसम्म सबै खेलको छनौट सकिने अध्यक्ष बरालले जानकारी दिए । 

भलिबल तथा मार्सल आर्टसका केही खेलमा कोटाको विषयमा केही विवाद भएको भएपनि अन्य खेल छनौटका कार्यक्रम सामान्य रुपमा चलिरहेको बरालले बताएका छन् ।