इटहरीः यही असोज २८ गतेदेखि पोखरामा हुन लागेको ९ औ राष्ट्र्रिय खेलकुद प्रतियोगिताका लागि सुनसरीका महिला पुरुष बास्केटबल खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ ।
धरान १६ स्थित धरान रंगशालाको कभर्ड हलमा मंगलबार सुनसरी खेलकुद विकास समितिका अध्यक्ष दीपक राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, प्रदेश १ खेलकुद बोर्डका सदस्य रोशनी राई, पूर्वाञ्चल बास्केटबल मुख्य प्रशिक्षक विकास चाम्लिङ राई र १६ नम्बर वडाध्यक्ष मुरारी भट्टराईको उपस्थितिमा छनौट कार्यक्रम सम्पन्न भएको हो । छनौट कार्यक्रमा छनौटका लागि सुनसरी भरिका पुरुषतर्फ ३२ जना र महिलातर्फ २१ जना खेलाडीहरुले सहभागिता जनाएका थिए । उनीहरुलाई चार टिममा विभाजन गरी छनौट खेल खेलाइएको थियो । छनौट कमिटिका प्रशिक्षक विकास चाम्लिङ राई, रन्जित लिम्बू र रोशन राईले छनौट भएका खेलाडीहरुको नाम बुधबार सार्वजनिक गर्ने सुनसरी बास्केटबल संघका अध्यक्ष तथा खेलाडी छनौट कार्यक्रम संयोजक नारायण सुवेदीले जनाए ।
९ औँ राष्ट्र्रिय प्रतियोगितामा ३६ वटा खेल प्रतियोगिता हँुदैछ । सुनसरीले २५ वटा खेलमा सहभागिता जनाउने कार्यक्रमका प्रमुख अतिथि सुनसरी खेलकुद विकास समितिका अध्यक्ष दीपक राईले मन्तव्यको क्रममा जानकारी गराए । सुनसरीका सम्पूर्ण खेलाडीहरुले अनुशासित भएर खेल्न र धेरैभन्दा धेरै खेलाडीहरु प्रदेश १ टिममा छनौट हुँदै राष्ट्र्रिय पदक ल्याउन प्रमुख अतिथि राईले खेलाडीहरुलाई निर्देशन दिँदै सफलताको शुभकामना दिएका छन् । कार्यक्रमका विशेष अतिथि १६ नं वडाका वडाध्यक्ष मुरारी भट्टराईले राष्ट्रि«य प्रतियोगितामा सहभागी खेलाडीहरुको प्रोत्साहनको लागि आफ्नो वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आप्mनै वडामा पर्ने रंगशाला र कभर्ड हलमा हुने प्रदेश १ खेलाडी छनौट प्रतियोगिताको लागि समेत सहयोग गर्ने बताए ।