इटहरीः आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि झापा जिल्लाले २२ वटा विधाको खेलको छनौट सम्पन्न गरेको छ ।
गत शनिबार प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले उद्घाटन गरेपछि तीव्र गतिमा जिल्लाबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने खेलाडीको छनौट गरिरहेको झापा जिल्लाले बिहीबारसम्म आइपुग्दा २२ खेलको छनौट सकिएको बताएको हो ।
जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारीका अनुसार भोलि शुक्रबार बुद्धिचाल, तेक्वान्दो, साइक्लिङ्ग र आर्चरीको खेल तालिका सार्वजनिक गरिएको छ । जिल्ला छनौट प्रतियोगिताबाट छनौट भएका खेलाडीले मात्र प्रदेश छनौट प्रतियोगितामा सहभागी हुन पाउँछन् भने प्रदेश खेलकुद विकास बोर्डले वृहत प्रदेश छनौट प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई मात्र नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगितामा भाग लिने अवसर दिन्छ ।
२७ वटा खेल विधामा आफ्नो सहभागिता जनाउन लागेको झापा आफँैमा खेलकुदको एउटा उर्वर भूमि मानिन्छ । जिल्ला छनौटमा सहभागी भएका खेलाडीलाई प्रदेश छनौटको लागि प्रदेश खेलकुद विकास बोर्डले भदौ १६ देखि भदौ ३० गते सम्मको तालिका सार्वजनिक गरेको छ ।