इटहरीः आसन्न नवौँ राष्ट्रि«य खेलकुद प्रतियोगिताको लागि आयोजना हुने वृहत प्रदेश छनौट प्रतियोगिता गर्न प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीको समुहले इटहरीमा रहेको प्रादेशिक रंगशालाको अवलोकन गरेको छ । 

प्रदेश छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रम इटहरीमा गर्न सकिन्छ कि भन्ने हिसाबले यहाँको भौतिक संरचनाको अवस्थाबारे जानकारी लिन बोर्डले सुनसरीको इटहरीमा रहेको प्रादेशिक रंगशाला र डीभीएम स्कुलको क्रिकेट मैदानको अवलोकन गरेको बोर्डका सदस्य शैलेशकुमार बिष्टले बताए । 

289578828_869541337360008_15542777575434803_n

रंगशालाको निरीक्षणका क्रममा प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्ले, पूर्वराष्ट्रि«य खेलकुद परिषदका सदस्यसचिव केशवकुमार बिष्ट, क्षेत्रीय खेलकुद विकास समितिका कार्यलय प्रमुख चण्डिका बास्तोला, उपनिर्देशक विमल पोखरेलका साथै सदस्य शैलेश कुमार बिष्ट र जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष दीपक राईको उपस्थिति रहेको थियो । 

प्रदेश खेलकुद विकास बोर्डले प्रदेश छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रम इटहरीको प्रादेशिक रंगशालामा आयोजना गर्ने हिसाबले रंगशालाको अवलोकन र निरीक्षण गरिएको बताएको छ । निरीक्षणको क्रममा बोर्डका पदाधिकारीहरुले रंगशालाको सरसफाइ गर्ने र रंगशालामा पलाएको घाँस काट्ने बारेमा समेत छलफल गरेका थिए । 

296565645_447602760636749_3489033443222484304_n

निरीक्षणमा प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदीप भगत, नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश खेलकुद विकास बोर्डको सचिवालयका टंक कटेल, पूर्वराष्ट्रि«य फुटबल खेलाडी सुरेन्द्र तामाङ्ग लगायतको समेत उपस्थिति रहेको थियो ।