धरानः ९ आँै राष्ट्र्रिय प्रतियोगिताका लागि तयारी गरिरहेको सुनसरी महिला बास्केटबल टिमलाई झुना राईले आफ्नो झुनाज फिटनेस निःशुल्क प्रयोग गर्न दिने भएकी छन् ।
राईले प्रशिक्षणमा रहेका १२ जना महिला बास्केटबल खेलाडीहरुको फिटनेसका लागि आप्mनो फिटनेस सेन्टर निःशुल्क रुपमा प्रयोग गर्न सहयोग गरेका हुन् । यही भाद्र ७ गते छनौट भएका सुनसरीका महिला र पुरुष बास्केटबल खेलाडीहरुले धरान रंगशाला कर्भडहलमा प्रशिक्षण गरिरहेका छन् । उनीहरुको थप फिटनेसका लागि जिम र स्विमिङ्ग सहयोगी हुने भएकोले सुनसरी बास्केटबल संघका पूर्वकोषाध्यक्षसमेत रहेकी झुना राईले आफ्नो फिटनेस उपलव्ध गराएकी हुन् । झुनाज फिट्नेसमा जिम हल, जुम्बा, एरोबिक, स्विमिङ, स्पा, मसाज, सौना बाथ, पेडिकेयर, ब्युटि पार्लर लगायतको सुविधा रहेको छ ।
सुनसरी महिला बास्केटबल टिममा डा. आशा राई, तनु राई, शीतल तामाङ्ग, आस्था कुलुङ राई, निरुता राई, इक्सा लिम्बू, संझना राई, सेरिना लिम्ृबू, आशा लामा, एल्भिना गुरुङ्ग, नुमा लिम्बू र तनिशा श्रेष्ठ रहेका छन । त्यसैगरी, पुरुषतर्फ विवेकमणि श्रेष्ठ, दिवस राई, सुसन श्रेष्ठ, विकेन चौधरी, रवि बास्फोर, सन्दीप श्रेष्ठ, समीर राई, नवीन राई, हेमन्त राई, योक राई, कविन मगर र साहिल तामाङ रहेका छन् ।
प्रशिक्षणमा रहेका सुनसरीका खेलाडीहरुले असोज पहिलो हप्ता प्रदेश १ खेलाडी छनौट प्रतियोगितामा सहभागिता जनाउनेछ । छनौट प्रतियोगिताबाट प्रदेश १ महिला र पुरुष बास्केटबल खेलाडी छनौट गरिनेछ । छनौट भएका खेलाडीहरुले प्रदेश १ को प्रतिनिधित्व गर्दै असोज २८ गतेदेखि सुरु हुने ९ आँै राष्ट्र्रिय प्रतियोतिामा प्रतिस्पर्धा गर्ने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदिले बताएका छन् ।