धनकुटाः धनकुटा नगर स्थापनाको ४१ औँ दिवसको अवसरमा धनकुटामा आजबाट जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगितामा दोस्रो चरणसम्मका खेल सकिएका छन् । जिल्ला खेलकुद विकास समिति र जिल्ला बुद्धिचाल सङ्घ धनकुटाले प्रतियोगिता आयोजना गरेको हो । जिल्लास्तरीय खुला बुद्धिचाल प्रतियोगितामा सुमन श्रेष्ठ, अरुण पासवान, अर्जुन पौडेल, टीका राई र राजेन्द्र गजमेरले २÷२ अङ्क प्राप्त गरेका छन् ।
अर्जुन केसी, नरबहादुर लिम्बू, रमेशचन्द्र अधिकारी, भरत भट्राई, सुमन थापा, योगेश पौडेल, अमरध्वज राई, ज्ञानेन्द्र कार्की, कृष्ण राई, किशोर सुब्बा र हेमकुमार राईले १÷१ अङ्क प्राप्त गरेको प्रमुख निर्णायक एफ ए विजय कुमार थापाले जनाए ।
तेस्रो चरणका खेल भोलि बिहान ८ बजे नेपाल पत्रकार महासङ्घको सभाहलमा शुरु हुने आयोजक समितिले जानकारी दिएको छ ।