धरानः युनिक पुल हाउस एण्ड खाजा घरको आयोजनामा भाद्र २३ गते बिहीबारदेखि युनिक पुल हाउस धरान स्नुकर च्याम्पियन २०७९ हुने भएको छ ।

धरान ५ सिरान देउरालीस्थित युनिक पुल हाउस एण्ड खाजा घरको उद्घाटनको अवसरमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा धरानभरिका ५० टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेता टिमले नगद तीस हजार, ट्र«फी र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी, उपविजेता टिमले नगद २० हजार, ट्र्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । व्यक्तिगत पुरस्कारतर्फ प्रतियोगिताको सेन्चुरी ब्रेकरले नगद १५ हजार र हाइएस्ट ब्रेकरले नगद १० हजार रुपैयाँ, ट्र्रफी र मेडल प्राप्त गर्नेछन् ।

धरानमा थुप्रै राष्ट्रिय स्तरका व्यावसायिक स्नुकर खेलाडीहरु भएपनि स्थानीय निकायले स्नुकर खेल तथा खेलाडीहरुको लागि कुनै पनि कार्यक्रम गर्ने योजना नबनाएको हुँदा धरानका स्नुकर खेलाडीहरुलाई प्रोत्साहन गर्न तथा स्नुकर खेललाई प्रवद्र्धन गर्नका लागि  प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक एवं आयोजक युनिक स्नुकर हाउस एण्ड खाजा घरका सञ्चालक चन्द्र लिम्बूले बताए । युनिक स्नुकर तथा खाजा घर भाद्र १ गतेदेखि ट्र्रायल ओपनिङ्गको रुपमा सुरु भइसकेको छ । भाद्र २३ गतेदेखि प्रतियोगिताको आयोजना गरेर स्नुकर तथा खाजा घरको औपचारिक रुपमा उद्घाटन गर्न लागिएको सञ्चालक लिम्बूले बताए । प्रतियोगिता दुई हप्तासम्म चल्नेछ ।