काठमाण्डौंः एक किशारीले बलात्कारको आरोप लगाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बनसन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

दिनभरी नगरकोट घुमाएर राती काठमाण्डौको सिंनामगलको होटलमा बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दिप लामिछानेलाई  राष्ट्रिय टिमको क्याप्टेनबाट निलम्बन गरिएको क्यानले जनाएको छ । 

304843045_3495846630647562_4997781315145364349_n

क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो । बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ ।

अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको क्यानले जनाएको छ ।