इटहरीः इटहरीकी चर्चित साहित्यकार राधा नेपाल (राधा रमा) को निधन भएको छ ।

चार दिनअघि डेंगी रोगबाट ग्रस्त भएकी साहित्यकार राधा रमा घरमै आराम गरी बसेकोमा आज बिहान ४ः०० बजे स्वास्थ्य अवस्था जटिल भई उपचारार्थ काठमाडौँस्थित एक अस्पताल लगिएकोमा तत्कालै चिकित्सकले मृत घोषित गरेको पारिवारिक श्रोतले जनाएको छ । झापाको दुर्गापुर माइती भई इटहरीमा विवाह भई आएकी साहित्यकार राधा रमा गजल र मुक्तक विधामा बढी कलम चलाउँथिन् । यसका अतिरिक्त कविता र लघु कथा लेखनमा पनि उनको रुची रहेको थियो ।

condolence status radha rama1

इटहरीको नमस्ते एफएममा उनले लामो समयसम्म साहित्यिक कार्यक्रम सृजना बाटिकासमेत सञ्चालन गरेकी थिइन् । नेकपा एमालेनिकट साहित्यकारहरुको संगठन प्रगतिशील लेखक संघमा पनि उनको आबद्ध रहेको थियो । विगत २५ वर्षदेखि मुटुमा पेसमेकर राखिएकी उनको यसै साता भारतको राजधानी नयाँ दिल्लीमा पेसमेकर परिवर्तन गर्ने तयारी थियो ।

305504273_496638262299011_7436845184888290334_n 1

तीन भाइहरुकी एक्ली दिदी राधा रमाका पिताको केही दिनअघि मात्र निधन भएको थियो । साहित्यकार राधा रमाका दुई छोरी, एक छोरा र श्रीमान् छन् । दिल्लीमा रहेकी जेठी छोरी आएपछि काठमााडौँमै साहित्यकार राधा रमाको दाहसँस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

dengue-status-radha-rama1 1