धरानः लायन्स क्लब अफ हेल्पिङ्ग ह्याण्ड धरानले ९ आँै राष्ट्रि«य खेलकुद प्रतियोगिताका लागि प्रदेश १ छनौट प्रतियोगितास्थल धरान १६ मा रहेको धरान रंगशाला कभर्डहल परिसरमा सहरसफाइ कार्य गरेको छ ।
क्लबले सुनसरी बास्केटबल संघ, धरान बास्केटबल संघ र जुडो संघ सुनसरीसँग सहकार्य गरेर शनिबार सरसफाइ कार्य गरेका हुन् । भाद्र ३० गतेदेखि ९ आँै राष्ट्रि«य खेलकुद प्रतियोगिताका लागि केही खेलको प्रदेश १ खेलाडी छनौट प्रतियोगिता यस कर्भडहलमा हुँदैछ ।
धरानमा मात्र ६ खेलको प्रदेश १ खेलाडी छनौट प्रतियोगिता हुँदैछ । त्यसमध्ये कराँते, जुडो र महिला तथा पुरुष बास्केटबल खेलाडी छनौट यही धरान रंगशाला कर्भडहलमा हुनेछ । बाँकी बक्सिङ, साइक्लिङ्ग र बुद्धिचाल खेल भने धरानको अन्य खेलस्थलमा हुने भएको छ । छनौटका लागि धरानमा प्रदेश १ भरिका एक हजारभन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक राईले जानकारी गराए ।
प्रदेश १ भरिको खेलाडीहरुले प्रतिस्पर्धाका लागि सहभागी हुने कभर्डहल परिसर वरिपरि फोहोरको थुप्रो र झाडी भएको हुनाले सरसफाइ कार्य गरिएको लायन्स हेल्पिङ्ग ह्याण्की अध्यक्ष जुली लिम्बूले बताइन् । झाडी र फोहोरको थुप्रो सफा गर्न थप दुई दिन लाग्ने लिम्बूले बताइन् । भाद्र ३० गतेदेखि कराते, बास्केटबल र जुडो खेलको प्रदेश १ खेलाडी छनौट कर्भडहलमा हुने भएको छ । सरसफाइ कार्यमा बास्केटबल संघका पदाधिकारी, प्रदेश १ बास्केटबलका मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, प्रदेश १ खेलकुद विकास समिति सदस्य एवं बास्केटबल खेलाडी छनौट संयोजक रोशनी राई, सुनसरी बास्केटबल खेलाडी तथा जुडो खेलाडीहरुको उपस्थिति रहेको थियो ।
प्रदेश १ छनौट प्रतियोगिताका लागि सरसफाइ कार्यको अयोजना गरी सहयोग गरेकोमा लायन्स क्लब, जुडो संघ बास्केटबल संघ तथा उपस्थित खेलाडीहरुलाई प्रदेश १ खेलकुद विकासका बोर्डकी सदस्य रोशनी राईले धन्यवाद दिएकी थिइन् ।