इटहरीः नेपाली राष्ट्रि«य फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् ।

अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामाको घोषणा गरेका हुन् । कुनै समय नेपालको राजनीतिलाई कारण देखाउँदै नेपाल छोड्ने मनसाय देखाएका अलमुताइरीले आइतबार भने आफ्नो कार्यकाल सकेको बताउँदै राजीनामा दिएको बताएका छन् । 

अलमुताइरीले कार्यकाल सम्हालेको ५ सय २५ दिनपछि राजीनामा घोषणा गरेका हुन् । 

’नेपाली फुटबलको सेवाको ५ सय २५ दिनपछि नेपाली राष्ट्र्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु,’ अलमुताइरीले लेखेका छन्, ’खुसी, माया, दुःख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद ।’