काठमाडौँः राष्ट्र्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले नेपाल भलिबल संघका नवनिर्वाचित अध्यक्ष जितेन्द्रबहादुर चन्दसहित सबै पदाधिकारीहरुलाई बधाइ ज्ञापन गरेका छन् ।

राखेप सदस्यसचिव घिसिङले सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे । संघका नव निर्वाचित अध्यक्ष चन्दले राखेप सदस्यसचिव घिसिङलाई धन्यवाद दिए । राखेप सदस्यसचिव घिसिङसमक्ष संघले अन्तर्राष्ट्र्रिय स्तरको कबर्ड हल र कार्यालय व्यवथापनका लागि कर्मचारी आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराएको थियो । राखेप सदस्य सचिव घिसिङ्ले उमेर उमेर समुहगत राष्ट्रि«य प्रतियोगिता, उमेर समुहगत अन्तर्राष्ट्रिय सहभागितालाई पहिलो प्राथामिकता दिनुपर्नेमा जोड दिए ।

राखेप सदस्यसचिव घिसिङले एक सुत्रीय भलिबलको लागि कबर्ड हल निर्माणको लागि जतिसक्दो चाँडो स्थानको पहिचान गर्न आग्रह गरे । साथै स्थान पहिचान गर्नेबितिक्कै कबर्ड हल निर्माणको काम अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेका हुन्  ।  उनले भने, ’भलिबलको लागि कबर्ड हल निर्माणको काम जतिसक्दो चाँडो गर्न तयार छु । आउँदो नवौँ राष्ट्र्रिय खेलकुदबाट धेरै नयाँ प्रतिभा आउन सक्छ । नयाँ ट्यालेन्ट को हुन सक्छ भन्ने कुराको खोजी गर्नुहोला । नवौँ राष्ट्र्रिय खेलकुदको भलिबल तर्फको प्रतियोगिताको सफतलाको शुभकामना व्यक्त गर्दछु ।’