धरानः यही असोज २८ गतदेखि पोखरामा हुन लागेको ९ औँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ खेलाडी छनौट प्रतियोगितास्थल धरान रंगशालाको कभर्डहल मर्मतसम्भार सुरु भएको छ ।

प्रदेश १ खेलकुद बोर्ड, धरान १६ र १८ नं वडा कार्यलयको सहयोगमा मर्मतसम्भार सुरु भएको हो । कभर्डहल को केही थान छानो उज्यालोको लागि ट्र«ान्सपरेन्ट लगाइने, चेन्जिङ्ग रुम, बाथरुम र हलको झ्याल मर्मत गरिने र फ्लोर रंगाइने भएको छ । हलमा बढी टिनको मात्र प्रयोग भएको कारण बढी गर्मी हुने भएकोले हलको दायाँबायाँको माथिल्लो भागमा केहि भाग खोलिने सुनसरी खेलुकुद विकास समितिका अध्यक्ष दीपक राईले जनाए । धरानमा मात्र ६ खेलको प्रदेश १ स्तरीय खेलाडी छनौट प्रतियोगिता हुँदैछ । त्यसमध्ये बास्केटबल महिला तथा पुरुष, कराँते र जुडो खेल धरान १६मा रहेको धरान रंगशाला परिसरमा रहेको कभर्डहलमा हँुदैछ । बाँकी बक्सिङ्ग, बुद्धिचाल र साइक्लिङ्ग धरानको अन्य खेलस्थलमा हुनेछ ।

20220912_092008

केही समयअघि प्रदेश १ खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्ले, सदस्य रोशनी राई, सुनसरी खेलकुद विकास समिति अध्यक्ष दीपक राई, १६ न. वडाध्यक्ष मुरारी भट्र्टराई, १८ न. वडाध्यक्ष प्रवीण राई, कराँते संघ सुनसरी अध्यक्ष कुबेर राई, बक्सिङ संघ सुनसरी अध्यक्ष विकास गुभाजु ,प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई लगायतले धरान रंगशाला कभर्डहलको अवलोकन गरेका थिए । प्रतियोगिताका लागि हल मर्मतसम्भार गनुपर्ने सल्लाह प्रशिक्षकहरुले दिएपछि कभर्डहल मर्मतसम्भार गरिएको हो । केही दिनअघि मात्र लायन्स हेल्पिङ्ग ह्याण्ड्स धरान, बास्केटबल संघ र जुडो संघ सुनसरीले संयुक्त रुपमा धरान रंगशाला कभर्डहल परिसरमा सरसफाइ गरेका थिए ।

धरान रंगाशाला कर्भडहलमा भदौ २९ देखि ८ गतेसम्म प्रदेश १ स्तरीय खेलाडी छनौट प्रतियाृेगिता हुनेछ ।