इटहरीः प्रदेश नम्बर १ को नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएको प्रदेश छनौट प्रतियोगितामा एथेलेटिक्सको १० किलोमिटर दौडतर्फ भोजपुरकी छेन्विमाया राई प्रथम भएकी छन् ।
मंगलबारबाट इटहरी रंगशालामा सुरु भएको प्रदेश छनौट प्रतियोगितामा १० किलोमिटर तर्फको दौडमा पुरुषतर्फ सुनसरीका प्रशान्त तामाङ्ग प्रथम भएका छन् । राईले १० किलोमिटर दौड ४८ मिनेट ४ सकेण्डमा पूरा गरिन् भने ताप्लेजुङकी समपल्मु शेर्पाले द्वित्तीय स्थान हासिल गरेकी छन् । १० किलोमिटर तर्फको दौड शेर्पाले ४८ मिनेट २४ सेकेण्डमा सम्पन्न गरेकी थिइन् । यस्तै १० किलोमिटर तर्फकै दौडमा भोजपुरकी जुलिन राईले तृत्तीय स्थान हासिल गरिन् । जुलिनले ५२ मिनेट २ सेकण्डमा दौड पूरा गेरेकी थिइन् भने सोलुखुम्बुकी मुना राईले ५७ मिनेट ३१ सेकेण्डमा १० किलोमिटर दौडिएर चौथो भइन् ।
यसैगरी, १० किलोमिटर तर्फको पुरुष एथलेटिक्समा सुनसरीका प्रशान्त तामाङ प्रथम भए । प्रशान्तले १० किलोमिटर दौड ३६ मिनेट ४२ सेकेण्डमा पूरा गरे । यसैगरी धनकुटाका गोकुल यांकिलाले ३६ मिनेट ५७ सेकेण्डमा १० किलोमिटर दौड पूरा गर्दै द्वित्तीय भएका थिए । यसैगरी, भोजपुरका उमेश राईले ३७ मिनेट ४ सेकण्डमा १० किलोमिटर पूरा गर्दै तृत्तीय स्थानमा हासिल गरे । १० किलोमिटर पुरुष दौडका चौथो स्थानमा झापामा सरोज सिंह आए । प्रदेश छनौटको एथलेटिक्स तर्फको छनौट खेलको अर्को चरण बुधबार बिहान ७ बजेबाट हुने छनौट समितिले जनाएको छ ।