इटहरीः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश नम्बर १ को महिला फुटबल छनौट प्रतियोगिताको मंगलबार भएको खेलमा ताप्लेजुङ्ग र संखुवासभाले जित हासिल गरेको छ ।

मंगलबार भएको उद्घाटन खेलमा ताप्लेजुङ्ग र तेह्रथुम जिल्लाका महिला फुटबल खेलाडीको प्रतिस्पर्धामा ताप्लेजुङ्गले ० का विरुद्ध ६ गोल लगाउँदै अर्को चरणमा प्रवेश गरेको छ । जिल्लाबाट छनौट भएर आएको तेह्रथुमले चाहेजस्तो प्रदर्शन भने गर्न सकेन । ताप्लेजुङ्गका लागि खेलको सातौँ मिनेटमा जर्सी नम्बर ११ की अनुष्का लिम्बूले गोल गरिन् भने खेलको १७ र २० मिनेटमा जर्सी नम्बर ४ की खेलाडी अनुषा थेपेले एक एक गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाइन् ।

306732590_2902310943399240_7199939556645895146_n

टिम क्याप्टेनसमेत रहेकी अनुषाको गोलले निर्णय बनिसकेको ताप्लेजुङ्गलाई दोस्रो हाफमा जर्सी नम्बर १८ की रेश्मा थुलुङ्गले एक गोल गरिन् भने दोस्रो हाफको १७ र २८ औँ मिनेटमा जर्सी नम्बर ८ कि सुष्मा लिम्बूले अर्को दुई गोल थप्न सफल भइन् । त्यसैगरी, अर्को खेलमा संखुवासभाले ओखलढुंगालाई ० को विरुद्ध २ गोल गर्दै अर्को चरणमा प्रवेश गरेको छ । संखुवासभाको लागि पहिलो हाफको ३० औँ मिनेटमा जर्सी नम्बर १७ की अस्मिता गुरुङ्गले एक गोल गरिन् भने दोस्रो हाफको २४ औँ मिनेटमा पनि अस्मिताले नै आफ्नो टिमको लागि अर्को गोल थपेकी थिइन् । बुधबार फुटबलका ४ खेल हुने प्रदेश खेलकुद विकास बोर्डको फुटबल तर्फको छनौट समितिले जनाएको छ ।

306484837_620300982957591_4626109198014266982_n