दमकः प्रदेश १ स्तरीय महिला भलिबलको उद्घाटन खेल झापाको दमकमा बुधबार आयोजना भएको छ ।
प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका सदस्यसचिव ंहंशराज वाग्लेले महिला भलिबलको उद्घाटन गरे । उद्घाटनपछि झापाको दमकमा तीन खेल भएका थिए भने झापाकै कमल गाउँपालिकास्थित पाडाजुँगीमा तीन खेल सम्पन्न भएका थिए । दमकमा भएको संखुवासभा र पाँचथर बीचको खेलमा संखुवासभाले सोझो सेटमा जित हासिल गर्यो । पाचथर दुवै खेलमा ११ अंकमा सीमित भयो ।
त्यसैगरी, तेह्रथुम र इलामबीच भएको दोस्रो छनौट खेलमा तेह्रथुमले सोझो सेटमा जित हासिल गर्यो । इलामले पहिलो खेलमा १७ र दोस्रो खेलमा १९ अंक ल्याएको थियो । झापाको दमकमा भएको तेस्रो खेल झापा र संोलुखुम्बुका बीच भएको थियो । उक्त खेलमा झापाले सोलुखुम्बुलाई सोझो सेटमै पराजित गर्यो । सोलुले पहिलो सेटमा १७ अंक ल्यायो भने दोस्रोमा २३ अंक ल्याउन सफल भएको थियो ।
कमल गाउँपालिकाको पाडाजुँगीमा भएको अर्को खेलमा ओखलढुङ्गा, खोटाङ्ग र उदयपुरले जित हासिल गरेका छन् । ओखलढुङ्गा र धनकुटाबीच भएको खेलमा ओखलढुङ्गाले जित हासिल गरेको थियो भने खोटाङ्ग र ताप्लेजुङ्गबीच भएको खेलमा खोटाङ्ग तथा सुनसरी र उदयपुरबीच भएको अर्को खेलमा उदयपुरले जित हासिल गरेको छ ।