इटहरीः मंगलबारदेखि सुनसरीको इटहरीमा भइरहेको टेबलटेनिस प्रतियोगितामा महिलातर्फ मोरङ्गका तीन र सुनसरीका चार जना पहिलो र दोस्रो दिनको खेलबाट विजेता र उपविजेता हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

महिला एकलतर्फ सुनसरीकी दिक्षा दाहाल, मोरङ्गकी पुष्पा भट्टराई, अन्जली भण्डल, सुनसरीकी सोनम ठाकुर, सुनसरीकै सुलेखा ठाकुर र मोरङ्गकी समृद्धि लुइटेल  क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । त्यसैगरी, सुनसरीकी रुपा लिम्बू पनि क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।

tt2

प्रदेश १ का १४ वटै जिल्लाको ५१ जना पुरुष र २९ जना महिला सहभागी टेबलटेनिस खेलमा बुधबार पुरुष तर्फको ग्रुप प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् । बिहीबार नकआउट खेलबाट महिला र पुरुष एकलका सम्पूर्ण म्याचहरु सञ्चालन हुने म्याच रेफ्री तथा अन्तर्राष्ट्र्रिय निर्णायक निवोद शाक्यले जानकारी दिए ।