इटहरीः सुनसरीको इटहरीमा बुधबार सम्पन्न भएको प्रदेश १ स्तरीय पौडीको छनौट प्रतियोगितामा संखुवासभाका विकास कुमालले तीन स्वर्ण जितेका छन् । 

पुरुष र महिलातर्फ फरकफरक भएको प्रतियोगितामा १५ जना पुरुष र १० जना महिला खेलाडी सहभागी भएका थिए । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुनसरीको इटहरीस्थित ओसियन पार्कमा भएको छनौट खेलबाट पुरुषतर्फ विकास कुमालले तीन स्वर्ण पदक जितेका हुन् । पौडी खेलको छनौट समिति सदस्य इन्द्रजित राजवंशीका अनुसार मोरङ्गका सँस्कार ढकालले एक स्वर्ण र तीन रजत पदक प्राप्त गरेका छन् भने भोजपुरका ससाहाङ्ग राईले तीन वटा कास्य पदक पाएका छन् । छनौट प्रतियोगिताबाट मोरङ्गका अजय सोरेनले एक कास्य पदक पाएका छन् भने  मोरङ्गकै आयुष लामाले एक रजत पदक पाएका छन् । 

sw2

सय मिटरका फ्रि स्टायल, ब्रेस्ट स्ट्रोक, व्याक स्ट्रोक र बटरफ्लाई विधामा प्रतिस्पर्धा गराएको पौडीका संयोजक दीपक राई बताउँछन् । यसैगरी, महिला तर्फको प्रदेशस्तरीय पौडी प्रतियोगितामा धनकुटाकी  विभुषा राईले दुई स्वर्ण पदक जितेकी छन् । राईले सय मिटर फ्रि स्टायल र बे्रस्ट स्कोकमा स्वर्ण जितेकी हुन् भने दुवै विधामा मोरङ्गकी उपाशना राईले रजत पदक पाएकी छन् । यता भोजपुरकी सिसुवुनु राईले दुवै विधामा कास्य पदक पाइन् ।  महिला तर्फको सय मिटर व्याक स्ट्रोकमा सिसुवुनु राईले स्वर्ण जितेकी छन् भने मोरङ्गका आर्विया पोद्दारले रजत र सिरिम प्रसार्इँले कास्य पदक जितेका छन् ।  पौडीमा विभिन्न ८ जिल्लाका खेलाडीहरु प्रदेशस्तरीय छनौट प्रतियोगितामा सहभागी भएका थिए ।

sw3