इटहरीः प्रदेश १ स्तरीय कराँते छनौटको पहिलो दिन बिहीबार सुनसरीको धरानमा भएको एकल काँटा तर्फको खेलमा सुनसरीले २ स्वर्ण पदक जितेको छ । 

एकल काँटा तर्फको महिला र पुरुष दुवैतर्फ सुनसरीले एक एक स्वर्ण जितेको हो । यसैगरी, पुरुष एकल काँटातर्फ इलामले रतज पदक प्राप्त गर्यो भने तेह्रथुम र खोटाङ्गले कास्य पदक जितेका छन् । महिला तर्फको एकल काँटामा सुनसरीले स्वर्ण जितेको छ भने धनकुटाले रजत अनि झापा र मोरङ्गले कास्य पदक जितेका छन् । 

karate1

त्यस्तै, बिहीबारको खेलमा टिन काँटाको महिलातर्फ खोटाङ्गले महिलातर्फ स्वर्ण पदक जितेको छ भने सुनसरीले रजत पदक र इलाम र धनकुटाले कास्य जित्न सफल भएका छन् । शुक्रबारको कराँतेमा पुरुष तर्फको टिन काँटा सुरु हुने र महिला तर्फको फाइट सुरु हुने रेफ्री कमिसनर राजु महर्जनले जानकारी दिए ।

karate3