इटहरीः एथलेटिक्सतर्फ बिहीबार भएको महिला तर्फको १५ सय मिटर दौडमा संखुवासभाकी निला जिमीले स्वर्ण जितेकी छन् । जिमीले ५.२५.१० मिनेटमा पार गरेकी थिइन् भने खोटाङकी दीपा बस्नेतले रजत पदक पदक प्राप्त गरेकी छन् । बस्नेतले ५.३०.४१ मिनेटमा निर्धारित दूरी पूरा गरेकी थिइन् ।
यसैगरी, महिला तर्फको तेस्रो स्थान झापाकी सुस्मिता राईले ल्याइन् भने चौथोमा तेह्रथुमकी सुस्मिता लिम्बू र पाँचौँमा मोरङकी अस्मिताकुमारी मण्डल आइन् । त्यसैगरी, पुरुष तर्फको १५ सय मिटर दौडमा झापाका मेघराज राई प्रथम बनेका छन् । राईले ४.३४.६५ मिनेटमा दौड पूरा गरेका थिए भने धनकुटाका अर्सुन लिम्बू द्वित्तीय, झापाका प्रेम तामाङ तृतीय र उदयपुरका सूर्यबहादुर खत्रीले चौथो स्थान हासिल गरेका छन् ।
यसैगरी, सय मिटर दौडको पुरुषतर्फ सुनसरीका विशेष चौधरी प्रथम भएका छन् । सुनसरीका सुमित गच्छादार द्वित्तीय, झापाका राजीव ढुङ्गाना तृतीय, झापाकै विनय धिमाल चौथो र खोटाङका विपिन गिरी पाँचाँै बने ।
सय मिटर दौडको महिलातर्फ सुनसरीकी आरतिकुमारी चौधरी प्रथम बनेकी छन् भने ताप्लेजुङकी कठरी दोर्जे द्वित्तीय , झापाकी निशा माझी तृतीय र संखुवासभाकी अञ्जना कुमालले चौथो स्थान ल्याएका थिए । सय मिटर महिला दौडतर्फ भोजपुरकी रेश्मा दाहाल पाँचौँ बनेकी थिइन् ।
४ सय मिटर दौडतर्फ बिहीबार भएको खेलमा झापाका विनय अधिकारी प्रथम, मोरङका रोशनकुमार सरदार द्वित्तीय, झापाकै लिला सिवाकोटी तृतीय र संखुवासभाका सन्तोष श्रेष्ठले चौथो स्थान ल्याएका थिए । यस्तै, महिला तर्फको ४ सय मिटर दौडमा संखुवासभाकी सरिता कुमार प्रथम भइन् भने खोटाङकी इन्दिरा श्रेष्ठ द्वित्तीय भएकी छन् । यसैगरी भोजपुरकी मीना शेर्पाले तृतीय स्थान हासिल गरेकी छन् भने पाँचथरकी सृष्टि आङ्देम्बेले चौथो स्थान ओगटेकी छन् ।