इटहरीः पाँच हजार मिटरको दौडमा महिलातर्फ भोजपुरकी छेन्विमाया राईले स्वर्ण पदक पाएकी छन् । 

५ हजार मिटरको दौड २१.१५.८५ मिनेटमा पार गर्दै छेन्विमाया प्रथम बनेकी हुन भने उनलाई पछ्याउँदै संखुवासभाकी नीला जिमीले रजत पदक र ताप्लेजुङकी समपाल्मा शेर्पाले कास्य पदक जितिन् । नीलाले २१.२८.८० मिनेटमा पार गरेको दूरी शेर्पाले २१.५३.३४ मिनेटमा पार गरेकी थिइन् । यसैगरी, ५ हजार मिटर तर्फको दौडमा भोजपुरकी जुलिन राईले चौथो स्थान प्राप्त गर्न सफल भइन् । 

५ हजार मिटर पुरुष तर्फको छनौट प्रतियोगितामा धनकुटाका गोकुल यांकिलाले स्वर्ण पदक पाए भने सुनसरीका प्रशान्त तामाङले रजत र पाँचथरका ओसन राईले कास्य जित्न सफल भए । यांकिलाले १७.८.२८ मिनेटमा पार गरेको दूरी तामाङ्गले १७.१२.४३ मिनेटमा पार गरेका थिए भने राईले १७.१५.२८ मिनेटमा पार गरेका थिए । नवौँ राष्ट्रि«य खेलकुदको छनौट प्रतियोगिताको लागि सुनसरीको इटहरीमा भइरहेको एथलेटिक्सको छनौट खेलको फाइनल भोलि शनिबार इटहरी रंगशालामा हुने छनौट समितिले जानकारी दिएको छ ।