इटहरीः आगामी असोज २८ गतेदेखि कार्तिक महिनाको ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ को छनौटमा मोरङ्गको बाहुल्य देखिएको छ । 

बिहीबारदेखि मोरङ्गको विराटनगरमा सुरु भएको भारोत्तोलन छनौट प्रतियोगिताबाट मोरङ्गका ६ जना खेलाडी प्रदेश १ को प्रतिनिधित्व गर्दै गण्डकी प्रदेश जाने पक्का भएको छ । 

शुक्रबार भएको छनौट खेलमा ५९ केजी महिलातर्फ झापाकी सोनीदेवी दासले स्वर्ण जितेकी छन् भने खोटाङकी बिजुली थापाले रजत जितेकी छन् । यस्तै ६२ केजी तौल समुहको महिला स्पर्धामा इलामकी सुष्मा राईले स्वर्ण पदक जितेकी छन् भने उदयपुरकी सन्ध्या राईले रजत पदक जितेकी छन् । यस्तै ८१ केजी तौल समुहतर्फ मोरङकी सृष्टि भलले स्वर्ण जितेकी छन् । यता, पुरुषतर्फ झापाका अमिलाल राजवंशीले स्वर्ण पदक जितेका छन् भने मोरङकै अर्जुन राजवंशीले ९६ केजी तौल समुहबाट स्वर्ण जितेका छन् । 

bharottolan2

प्रदेश नम्बर एकको प्रतिनिधित्व गर्दै पुरुषतर्फ उदयपुरका रामकुमार यादव, मोरङ्गका अजित राजवंशी, उदयपुरकै रिवेश अधिकारी, मोरङ्गका पियुष राजवंशी, मोरङ्गका कपलेश्वर राजवंशी, झापाका अभिलाल राजवंशी , मोरङ्गका अर्जुन राजवंशी, मोरङ्गकै अजय राजवंशी , इलामका पुष्कर राई र झापाका प्रविष्ट राजलवट छनौट भएका छन् भने महिलातर्फ खोटाङकी ज्योति थापा, झापाकी राधा भुजेल, झापाकै करिना चौधरी, झापाकै सोनीदेवी दास, इलामकी सुष्मा राई, मोरङ्गकी सृष्टि मल्ल, खोटाङकी बिजुली थापा, उदयपुरकी सन्ध्या राई, उदयपुरकै पार्वती राई र इलामकी सलिना तामाङ्ग छनौटमा परेको छनौट समितिले जनाएको छ । छनौट भएका तथा पदक प्राप्त गरेका खेलाडीलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।