इटहरीः प्रदेश १ खेलकुद विकास बोर्डले आईटीएफ तेक्वान्दो तर्फको प्रदेश १ स्तरीय छनौट प्रतियोगिता शुक्रबार सुनसरीको इटहरीमा सम्पन्न गरेको छ । 

बुधबारबाट सुरु भएको आईटीएफ तेक्वान्दोको छनौट खेल तेस्रो दिन शुक्रबार सम्पन्न भएको हो । छनौट खेलबाट महिला एकल स्पाइरिङतर्फ ६५ केजी तौल समुहमा झापाकी पार्वती राजवंशीले स्वर्ण पदक जितेकी छन् भने सुनसरीकी रोमिला खड्काले रजत र मोरङकी सरला राईले कास्य पदक जितेकी छन् । त्यसैगरी, महिला एकल स्पाइरिङतर्फ नै ६० देखि ६४ केजी तौल समुहमा पाँचथरकी अनिषा सेलिङले स्वर्ण पदक पाएकी छन् भने मोरङकी केरिसा आचार्यले रजत र सुनसरीका कतिका राई र इलामकी निशा ताजपुरियाले कास्य पदक जितेका छन् ।

sdf3.

यता, महिला स्पाइरिङ तर्फकै ५५ केजी देखि ५९ केजी तौल समुहतर्फ भोजपुरकी सजिना तामाङले स्वर्ण पदक जित्न सफल भएकी छन् । यस्तै झापाकी मेरिना राईले रजत र मोरङकी बबिता श्रेष्ठ र पाँचथरकी  एलिसा सेलिङले कास्य पदक हात पारेका छन् । सोही विधाको ५० देखि ५४ केजी तौल समुहमा मोरङकी कुशुम राजवंशीले स्वर्ण पदक जितेका छन् भने पाँचथरकी बिनिता राईले रजत र सुनसरीकी एलिजा राई तथा भोजपुरकी कृतिका राईले कास्य पदक पाएका छन् । यता, ४५ केजीदेखि ४९ केजी तौल समुहमा मोरङकी इन्दिरा थापाले स्वर्ण, पाँचथरकी सबिना सेलिङले रजत र सुनसरीकी करुणा बिष्ट तथा भोजपुरकी समोला राईले कास्य पदक जितेका छन् । यता, पुरुष प्याटर्नतर्फ तेस्रो डानमा सुनसरीका अर्जुन चौधरीले स्वर्ण जितेका छन् । 

sdf2.

यसैगरी, पुरुष स्पाइरिङतर्फ ४५ देखि ४९ केजी तौल समुहमा पाँचथरका आलोक राईले स्वर्ण, भोजपुरका सुरज विकले रजत र सुनसरीका इशान राई तथा झापाका आइतराज लिम्बुले कास्य पदक पाएका छन् । यसैगरी, ५० देखि ५४ केजी तौल समुहतर्फ झापाका मिसन श्रेष्ठले स्वर्ण जितेका छन् भने भोजपुरका कृष्ण रसाइलीले रजत जितेका छन् । कास्य विजेतातर्फ मोरङका प्रवीण बस्नेत र पाँचथरका मिसन सेलिङ रहेका छन् । 

sdf1

पुरुष स्पाइरिङको ५५ देखि ५९ केजी तौल समुहको खेलमा मोरङका प्रथम कार्कीले स्वर्ण, सुनसरीका सुरज चौधरीले रजत र झापाका विक्रम श्रेष्ठ तथा पाँचथरका शिशिर सेलिङले कास्य पदक पाएका छन् । यता ६० देखि ६४ केजी तौल समुहमा मोरङका नितेश खवासले स्वर्ण पदक पाएका थिए भने सुनसरीका उदयविक्रम राईले रजत र कास्य विजेतातर्फ पाँचथरका अस्विन सेलिङ र झापाका मनिष श्रेष्ठ रहेका छन् । विजयी खेलाडीलाई आईटीएफ तेक्वान्दो छनौट तर्फका संयोजक डेभिड बिष्ट लगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । खेलमा छनौट भएका खेलाडीको नाम प्रदेश खेलकुद बोर्डलाई हस्तान्तरण गर्ने छनौट समितिका निर्णायक प्रवीण कार्कीले बताए ।