इटहरीः असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुन लागेको ९ औँ राष्ट्रि«य खेलकुद प्रतियोगिताको लागि शुक्रबार धरानमा साइक्लिङको प्रदेश १ स्तरीय छनौट प्रतियोगितामा डाउल हिलतर्फ महिला र पुरुष दुवै स्पर्धामा सुनसरी प्रथम भएको छ । 

प्रदेश खेलकुद बोर्डले प्रदेश १ भरिकै साइक्लिङ्गमा जिल्ला छनौटबाट आएका खेलाडीहरुको लागि धरान १४, विजयपुरस्थित पञ्चकन्या जङ्गलमा छनौट प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितालाई सुनसरी साइक्लिङ्ग संघले व्यवस्थापन गरेको थियो । 

 प्रतियोगितामा सुनसरीसँगै मोरङ, झापा, इलाम, ओखलढुङ्गालगायत जिल्लाबाट करिब ४ दर्जन महिला तथा पुरुष खेलाडीहरु सहभागी भएको सुनसरी साक्लिङका लागि संयोजक तथा प्रदेश खेलकुद विकास बोर्डकी सदस्य रोशनी राईले जानकारी दिइन् ।  

cycling content.

छनौट प्रतियोगिता डाउनहिल र क्रस कन्ट्र्री विधाको भएको थियो । डाउनहिलमा पुरुषतर्फ सुनसरीका दीपक जिमी प्रथम, सौगात मगर दोस्रो, समृद्ध लिम्बू तेस्रो र उदयपुरका अवतार राई चौथो हुँदै छनौट भएका छन् । महिलातर्फ सुनसरीकी आशा लिम्बू, इन्द्रकला लिम्बू (निक्की) र इलामकी तेसिका राई क्रमशः प्रथम, दोस्रो र तेस्रो हँुदै छनौट भएका छन् । 

यसैगरी, क्रसकन्ट्री विधाको पुरुषमा सुनसरीका किरण लिम्बू प्रथम, उदयपुरका निमा शेर्पा दोस्रो, ओखलढुंगाका विश्वास राई तेस्रो र उदयपुरका अवतार राई चौथो भएका छन् । महिलातर्फ क्रसकन्ट्रीमा इन्द्रकला लिम्बू (निक्की) प्रथम भइन् भने आशा लिम्बू दोस्रो भइन् ।