इटहरीः प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री राजन राईले झापाको बिर्तामोडमा पुगेर प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरेका छन् ।
आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश छनौट गर्न तेक्वान्दो प्रतियोगिताको आयोजना गरिएको हो ।
खेलमा १४ वटै जिल्लाका खेलाडीको सहभागितामा मन्त्री राईले तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरेका हुन् । झापाको भद्रपुरस्थित मेची रंगशालाको कभर्डहलमा भएको उद्घाटन खेलमा मन्त्री राईले खेलाडीको हौसला बढाउन प्रदेश सरकार लागिपरेको बताएका थिए । तेक्वान्दो खेल आयोजकका संयोजक तथा जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पर्वत दाहालको सभापतित्वमा भएको थियो ।
यता, झापाको मेची रंगशालामा खोखो खेलतर्फ पुरुष र महिलाको छनौट प्रतियोगितासमेत उद्घाटन गरिएको छ । प्रमुख अतिथिको रुपमा उद्योग वाणिज्य संघका टिका ढकालले खेलको उद्घाटन गरेको झापा जिल्ला खेलकुद विकास समितिका सदस्य दुर्वासा कार्कीले बताए । खोखो प्रतियोगिताको उद्घान खेल खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारीको सभापतित्वमा भएको थियो ।