इटहरीः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको महिला ह्याण्डबलको छनौट प्रतियोगितामा उदयपुर प्रथम भएको छ । 

शनिबार इटहरी १२ खनारस्थित शारदा माविको प्राङ्गणमा प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले उद्घाटन गरेको महिलातर्फको ह्याण्डबलमा उदयपुरले प्रथम स्थान ल्याएको हो । 

दोस्रो स्थानमा भोजपुर आएको छ भने मोरङ्गले तेस्रो स्थान ओगटेको छ । भोलि आइतबारको खेल ह्याण्डबलतर्फ पुरुषको हुने छनौट समितिका भोला चौधरीले जानकारी दिए । पुरुष ह्याण्डबलमा उदयपुर, मोरङ, ओखलढुङ्गा र भोजपुरको प्रतिस्पर्धा हुनेछ ।