इटहरीः नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको छनौटका लागि भएको प्रदेश १ स्तरीय बुद्धिचाल प्रतियोगितामा खुल्ला र महिला दुवैतर्फ झापा प्रथम भएको छ । 

भदौ ३० गतेदेखि सुनसरीको धरानमा भएको प्रदेशस्तरीय छनौट प्रतियोगितामा खुल्लातर्फ झापाका राजन सुवेदी प्रथम भएका छन् भने महिलातर्फ झापाकै खुस्बु थापा प्रथम बनेकी छन् । दुवैले स्वर्ण जितेका छन् । यसैगरी, खुल्ला तर्फको रजत सुनसरीका प्रज्वल घिमिरेले जितेका छन् भने पाँचथरका प्रशान्तदास चेम्जोङ्गले कास्य पदक जितेका छन् ।

 chess2

यसैगरी, महिला तर्फको बुद्धिचाल प्रतियोगितामा झापाकी खुस्बु थापाले स्वर्ण पदक जितेकी छन् भने झापाकै कृतिसरा अधिकारीले रजत र भोजपुरकी सङ्गीता प्रधानले कास्य पदक पाएकी छन् । प्रथम, द्वित्तीय र तृतीय हुने खेलाडीहरुलाई शनिबारै एक कार्यक्रमका बीच मेडल र प्रमाणपत्र प्रदान गरिएको बुद्धिचाल खेल आयोजक समितिका संयोजक खगेन्द्र बास्तोलाले जानकारी दिए । छनौट भएका खेलाडीको नाम प्रदेश खेलकुद विकास बोर्डमा पठाइने  छनौट समितिका प्रमुख निर्णायक भुपेन्द्र निरौला  भुपेन्द्र निरौला  जानकारी दिएका छन् ।

chess1