इटहरीः शनिबार सुनसरीको धरानमा भएको कराँतेको ७५ केजी पुरुष तर्फको खेलमा खोटाङ्गका सरिहाङ्ग राईले स्वर्ण पदक जितेका छन् । सुनसरीका समिर राईले रजत  पदक जितेका छन् भने धनकुटाका लोकेन राईले कास्य पदक जितेका छन् । 

यसैगरी, शनिबार नै भएको ६७ केजी तौल समुहमा भएको पुरुष तर्फको फाइटमा सुनसरीका रोहित बास्कोटाले स्वर्ण जितेका छन् भने तेह्रथुमका सरोज तामाङ्गले रजत पदक जितेका छन् । यस्तै, ६० केजी तौल समुहमा सुनसरीका उज्वल राईले स्वर्ण, मोरङ्गका रिवेक थापाले रजत र ताप्लेजुङका सेसोहाङ लिम्बू तथा झापाका सन्देश मगरले कास्य पदक जित्न सफल भएका छन् । 

karate1 1

अघिल्लो दिनको खेलमा ५५ केजी तौल समुहृतर्फ पुरुषको फाइटमा मोरङ्गका आशीष पौडेलले स्वर्ण, खोटाङ्गका सूर्यबहादुर राईले रजत जितेका थिए । यता, ५० केजी पुरुष तर्फको फाइटमा मोरङका महेश यादवले स्वर्ण, ओखलढुङ्गाका मिलन राईले रजत र इलामका प्रतिक बस्नेत र झापाका प्रतिक आङ्गदेम्बेले कास्य पदक जितेका थिए । कराँते तर्फको फाइनल तथा समापन खेल आज आइतबार धरान रंगशालाको कभर्डहलमा हुँदैछ ।