इटहरीः प्रदेश नम्बर १ स्तरीय खाखो प्रतियोगिता झापाको बिर्तामोडमा आइतबार सम्पन्न भएको छ ।
आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रि«य खेलकुद प्रतियोगिताको लागि भएको छनौट खेलमा पुरुषतर्फ झापा जिल्ला प्रथम बनेको छ । यसैगरी दोस्रोमा मोरङ्ग आएको छ भने तेस्रोमा संखुवासभा र तेह्रथुम आएका छन् ।
यसैगरी, महिला तर्फको खोखो प्रतियोगितामा मोरङ्गले उपाधि हात पारेको छ भने संखुवासभा दोस्रो बनेको छ । आइतबार भएको फाइनल खेलमा तेस्रो उपाधि झापा र तेह्रथुमले जितेका छन् । खोखो खेलमा प्रदेश १ का पाँच वटा जिल्लाले सहभागिता जनाएका थिए । नवौँ राष्ट्र्रिय खेलकुदको लागि प्रदेश छनौट प्रतियोगिताअन्तर्गत आइतबार झापाको काकडभिट्टामा व्याडमिन्टन सुरु भएको छ भने महिला भलिबलको फाइनल खेल झापाको आदिवासी रंगशालामा भइरहेको छ ।