इटहरीः प्रदेश एक स्तरीय पुरुष ह्याण्डवल प्रतियोगिताको उपाधि मोरङ्ग जिल्लाको ह्याण्डवल समुहले जितेको छ । 

आइतबार सुनसरीको इटहरी स्थित खनारमा भएको फाइनल खेलमा उदयपुरको टिमलाई ९ अंकले हराउँदै उपाधि जित्न सफल भएको हो । 

फाइनल प्रतिस्पर्धामा उदयपुरले ६ अंक ल्याएको थियो भने मोरङ्गले १६ अंक प्राप्त गरेको थियो ।  यसैगरी पुरुष ह्याण्डबल तर्फ कास्य पदक ओखल्ढुँगाको टोलीले जितेको छ । भोजपुरको टिमलाई जित्दै ओखल्ढुगाले तेस्रो पोजिसन सुरक्षित गरेको हो । 

handball final


फाइनल खेलको समापन पछि खेलाडीलाई मेडल तथा प्रमाणपत्र वितरण गर्दै प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रदेश एकको लागि नवौँ राष्टिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर मेडल ल्याउन शुभकामना दिएका थिए । खेलाडीलाई सम्बोधन गर्दै सदस्य सचिव वाग्लेले अव खेलकुदको लागि खेलाडीसँगै मिलेर एउटा आन्दोलनको आवश्यकता रहेको समेत औल्याए । 

ह्याण्ड वल तर्फ शनिवार भएको महिला तर्फको खेलमा उदयपुर प्रथम बनेको थियो भने भोजपुर द्धितिय र मोरङ्ग तेस्रो बनेको थियो ।