इटहरीः  सुनसरीको इटहरी रंगशालामा आइतबार भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश नम्बर १ को महिला फुटबल छनोटको  खेलमा झापाले स्वर्ण पदक जित्न सफल भएको छ ।

आज भएको फाइनल खेलमा धनकुटा माथी १–० को संर्घषपुर्ण जित निकाल्दै झापाले स्वर्ण पदक जितेको छ । निकै प्रतिस्पर्धा खेलमा पहिलो हाफमा कुनै टिमबाट गोल हुन सकेन । दुवै टोलिले खेलमा राम्रा अवसर पाए पनि गोल भने गर्न नसके पछि पहिलो हाफ बराबरीमा खेलेको थिए ।

झापाका लागि एक मात्र निर्णायक गोल दोस्रो हाफको १८ औं मिनेटमा जर्सी नम्बर ७ की खेलाडी लक्ष्मी श्रेष्ठको गोलमा झापाले स्वर्ण जितेको हो । त्यसै दिस्रो भएको धनकुटा रजक पदकमा चित्त बुझाउनु पर्यो । सुनसरीले भने कास्य पदक प्राप्त गरेको छ ।