इटहरीः जुडो खेलको प्रदेश नम्बर एक स्तरीय प्रतियोगिता सुनसरीको धरान नगरपालिका स्थित रंगशालाको मिनी कभर्डहलमा सोमबारबाट सुरु भएको छ । 

प्रदेश एकका ८ वटा जिल्लाका प्रतियोगी समावेश भएको प्रतियोगिताको राष्ट्रि«य खेलकुद परिषदका पुर्व सदस्य सचिव केशव कुमार बिष्टले उद्घाटन गरेका छन् । 

प्रतियोगितामा झापा, मोरङ्ग, सुनसरी , सोलुखुम्बु, इलाम, ओखल्ढुंगा लगायत प्रदेश एकका ८ वटा जिल्लाका खेलाडी सहभागी रहेको जुडो प्रतियोगिताका संयोजक तथा प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेस कुमार बिष्टले बताए । 

306565872_1172254963355359_2426150711502706143_n

प्रतियोगितामा नेपाल जुडो संघका केन्द्रिय अध्यक्ष दिपकहर्ष बज्राचार्यको समेत उपस्थिती रहेको थियो । खेल उद्घाटन कार्यक्रममा बोल्दै राखेपका पुर्व सदस्य सचिव केशव कुमार बिष्टले खेल र खेलाडीको लागि अनुसाशित मध्येको एउटा खेल जुडो भएको बताउँदै जुडो खेलको श्रृवृद्धि आफ्नो जहिल्यै पनि सकारात्मक सहभागिता रहने बताए । 

306369269_1322919028516502_6365857954071821446_n

प्रतियोगिता अवलोकन गर्न काठमाण्डौबाट आएको नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्यले सुनसरीमा जुडो संघको स्थापना गर्न पुर्व राखेपा सदस्य सचिव केशव कुमार बिष्टको अहम भुमिका रहेको भन्दै धन्यवाद प्रकट गरेका थिए । सोखको लागि खेलिने खेलको रुपमा लिइने जुडोले जापानमा अनुसाशन सिकाएको भन्दै बज्राचार्यले खेल सदैव अनुसासनसँग जोडिने टिप्पणी समेत गरे । 

सोमबारबाट सुरु भएको जुडो प्रतियोगिताको समापन खेल मंगलबार(आज) हुने प्रदेश नम्बर एक खेलकुद विकास बोर्डकी सदस्य रोसनी राईले बताइन् । कार्यक्रममा इटहरीको जनता बहुमुखी क्याम्पसमा प्रद्यापक केवलप्रसाद फुयाल, सचेत धराने समुहका प्रतिनिधी, लगायतको सहभागिता रहेको थियो भने एप्पल मन्टेश्वरी धरान एघारका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेर कार्यक्रममा सुन्दरता प्रकट गरेका थिए । 

जुडो प्रतियोगिताको अवधीभर धरानको एप्पल मन्टेश्वरीले निशुल्क सवारीको व्यावस्था गरिदिएको छ । सोहि विद्यालयकी प्रिन्सिपल जुलि सुव्वाले संचालन गरेको कार्यक्रममा प्रदेश खेलकुद विकास बार्डकी सदस्य रोशनी राई, जुडोका अन्तराष्टिय प्रशिक्षक तथा निर्णायक साथै नेपाल तेक्वान्दो संघ प्रदेश कमिटीका माधव पौडेल, युवराज काफ्ले, विशाल घिमिरे, दिलिप पराजुली लगायतको उपस्थिती रहेको थियो ।