इटहरीः सोमबारबाट इटहरी रंगशालामा सञ्चालन भएको प्रदेश एक स्तरीय डबल सेपाकताक्रो खेलको उपाधी संखुवासभाले हात पारेको छ ।
सोमबार भएको खेलमा भोजपुर , सुनसरी र झापालाई पछि पार्दै संखुवासभा प्रथम स्थान हासिल गरेको हो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकको छनोट खेलमा सोजोमा भोजपुर , सुनसरी र झापालाई पछि पार्दै संखुवासभाले जित हासिल गरेको छ ।
त्यसैगरि भोजपुर र झापालाई पछिपार्दै सुनसरीले दोस्रो स्थान हासिल गर्न सफल भएको छ । यता भोजपुरलाई हराउँदै झापा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । प्रदेश १ का चार जिल्लामा खेलाडी सहभागी रहेको सेपाकताक्रोमा क्वाड ईभेन्ट खेलमा सुनसरी र झापालाई हराउँदै संखुवासभा प्रथम हुन सफल भएको छ । त्यसैगरी सुनसरी दोस्रो र झापाले तेस्रो स्थान लिएका छन् ।
यता महिला तर्फको डबल ईभेन्टमा भोजपुर , संखुवासभा र झापालाई हराउँदै सुनसरी प्रथम भएका छ भने भोजपुर र संखुवासभालाई हराउँदै झापा दोस्रो हुँदा भोजपुरलाई हराउँदै संखुवासभा तेस्रो भएको हो । पुरुष तर्फको रेंगुलर ईभेन्ट र महिला तर्फको क्वाट ईभेन्ट, रेंगुलर ईभेन्ट मंगलबार हुने आयोजक प्रदेश १ खेलकुद विकास बोर्डले जानकारी दिएको छ ।
सोमबारबाट सुरु भएको खेलको उद्घाटन प्रदेश नम्बर १ खेलकुद विकास बोर्डकी उपाध्यक्ष जिनाजंग काकीले उद्घाटन गरेकी थिइन् ।